Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – सुनिल संगम बिसीको पहिलो लोक देउडा गीत ‘काफल पाक्या सौराई तेरी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक नेपालको यूट्यूव च्यानलमार्फत सार्वजनिक भएको गीतमा चर्चित गायिका गौरी भट्ट र सुनिल संगम बिसीको स्वर रहेको छ ।

काफल खाँदा लगाएको माया र त्यसपछि प्रेमि प्रेमिका एकअर्काबाट टाँढा हुँदा आएको सम्झनालाई गीतले बोलेको छ । खप्तड डिजिटल म्युजिक प्रालीले बजार व्यवस्थापन गीतमा शब्द तथा संगित सुनिल संगमकै रहेको छ ।

म्युजिक भिडियोको निर्देशन भिम थापाले गर्नुभएको हो भने जनक अधिकारीको छायांकन छ । म्युजिक भिडियोमा दीपक संगम बिसी र एलिना बासकोटोको अभिनय देख्न सकिन्छ । भिडियोको दृश्य निर्माण खप्तड फिल्मस् ले गरेको हो ।

तपाईको प्रतिक्रिया