Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा इरानले मोरक्कोलाई १-० गोलले पराजित गरेको छ।

दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मोरक्कोका बाउहाडोजले आफ्नै पोस्टमा गोल गर्दा इरानले सनसनीपूर्ण जित हात पारेको हो। इरानका इहसन हाजी साफीको प्रहारलाई रोक्ने क्रममा बाउहाडोजले हेडमार्फत रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।

दोस्रो हाफमा प्रतिस्पर्धात्मक रह्यो। दुवै टिमले एक अर्काको पोस्टमा आक्रमण गरेका थिए। मोरक्कोका हामिकीले दोस्रो हाफमा गरेको प्रहारलाई इरानका गोलकिपरले सुन्दर बचाउ गरेका थिए। त्यसअघि पहिलो हाफमा इरानमाथि हाबी बनेको थियो।

तपाईको प्रतिक्रिया