Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहपछि भोलि अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएएको हो ।

स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने गरी चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिनुभयो । बैठकमा महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नु हुनेछ । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ ।

उनीहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ । बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो । स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ ।

तपाईको प्रतिक्रिया