काठमाडौं – नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस प्रदेश नम्बर ७ ले बानेश्वरमा रहेको नयाँ नेपाल समाज (अनाथालय)का बालकालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । विश्व बालश्रम विरुद्धको दिवसको अवसर पारेर नेविसंघ शंकरदेव क्याम्पस प्रदेश नम्बर ७ ले अनाथालयका बालकालिकालाई कापि, कलम, झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।
नेविसंघ शंकरदेव क्याम्पसका नेता सुशिल धामीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सिंचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँद प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका नेपाल विद्यार्थी संघका केन्द्रीय उपाधयक्ष पुष्पकुमार शाहीले बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेविसंघ कैलाली-काठमाडौं सम्पर्क समितिका संयोजक दिपक रिमाल, डोटी-काठमाडौं सम्पर्क समितिका संयोजक टेकराज अवस्थी, विद्यार्थी नेता दिपक ओझा, लगायतको सहभागिाता रहेको थियो । उक्त कार्यक्रमको संचालन शंकरदेप क्याम्पसका नेता हरिश्चन्द्र जोशीले गर्नु भएको थियो ।
शैक्षिक सामग्री वितरणपछि नयाँ नेपाल सेवा समाजका अध्यक्ष गुरूङले सहयोग गरिएकोप्रति आभार व्यक्त गर्नु भयो । उहाँले यस कार्यबाट आफू लगायत सम्पूर्ण बालबालिकाहरू खुसी भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी साउँदले आगामी दिनमा पनि यस्ता उदाहरणीय नेविसंघका नेतालाई सुझाव दिनु भएको थियो ।








