Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति गठन गर्दा बीउमा भुस पनि मिसिएको बताउनु भएको छ । आज पार्टी स्थापना दिवसका अवशरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले पुराना पार्टीलाई मसानघाटमा पुर्याउन नयाँ शक्ति गठन गरिएको दाबी गर्नुभयो ।

पार्टी छोडेर जाने नेताहरुहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘बीउ रोप्न खोज्दा केही केही भुस पनि रोपिएछ । केही साथीहरू बाबुरामसँग लागेपछि छिटो माथी पुगिन्छ भनेर सोच्नुभएछ, त्यस्तो भएन र उहाँहरुले पार्टी छोडेर जनुभयो ।’ नवगठित नेकपाले कम्युनिष्ट पार्टीको खोल ओढेर जनता झुक्याएको भट्टराईले आरोप लगाउनुभयो । डा. भट्टराईले ब्राकेट वाला नयाँ पार्टी मा धेरैको भ्रम छ भन्दै नेकपाको भ्रममा नपर्न पनि उनले कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो ।

‘पिके र केपीले ब्राकेट वाला पार्टी गठन गरेका छन् । त्यसमा केही साथीहरु गुम्सिनु भएको छ उहाँहरु बिस्तारै नयाँ शक्तिमा आउने सोच बनाउदै हुनुहुन्छ’ उहाँले भन्नुभयो । उहाँले देशको भविष्य युवशक्तिको हातमा छ भन्दै युवाहरुलाई देश निर्माणको अभियानमा लामबद्ध हुन पनि आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया