Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको सिंगापुरमा आयोजित ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । यसअघि ५० मिनेट बसेको भनिएको बैठक ह्वाइट हाउसले भने ३८ मिनेट बताएको छ ।

आपसी भेटघाटपछि जब किम र ट्रम्प बाहिरिए तब पत्रकारले उनीहरुलाई हिँड्दा हिँड्दै प्रश्न सोधेका थिए । एक पत्रकारले किमलाई दुईपटक प्रश्न सोधे, ‘चेयरम्यान, के तपाईं परमाणु निश्शस्त्रीकरण गर्नुहुन्छ ?’

अर्का एक पत्रकारले पनि किमलाई सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?’ तर उत्तर कोरियाली नेताले भने यी सबै प्रश्नलाई नजरअन्दाज गरिदिए । यद्यपी, त्यति नै बेला किमको तर्फबाट राष्ट्रपति ट्रम्पले पत्रकारलाई भने, ‘सबै कुरा राम्रो तरिकाले चलिरहेको छ ।’

तपाईको प्रतिक्रिया