Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

सिंगापुर– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भेटवार्ता भएको छ। बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिंगापुर पुगेका दुवै नेताले तोकिएकै समयमा स्थानीय समयानुसार बिहान ९ बजे भेटवार्ता गरेका हुन्।

कुनै पनि उत्तर कोरियाली प्रमुख नेताले अमेरिकी राष्ट्रपतिलाई भेटेको यो नै पहिलो अवसर हो।

शिखर वार्ताअघि सेन्तोसा द्विपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा उनीहरुले हात मिलाएका थिए। दुवै राष्ट्रका झण्डा टाँगिएको स्थानमा हात मिलाएपछि किम र ट्रम्प होटलको पुस्तकालयमा बसेर केहीबेर भलाकुसारी गरेका थिए। नेता किमले अंग्रेजी भाषा कम मात्रै बुझ्ने भएकोले दुवै नेताका बीचमा लामो भलाकुसारी भने भएको थिएन। भेटका क्रममा दुवै नेता हर्षित मुद्रामा देखिन्थे।

भिडियाे हेर्नुस्:

प्रारम्भिक भेटपछि दुवै नेता सामुहिक वार्तामा बस्नेछन्। सामूहिक भेटवार्तापछि दुवै नेताकाबीचमा एक्ला–एक्लै भेटवार्ता हुनेछ। एक्ला–एक्लै भेटवार्तामा उनीहरु बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन्। त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन्।

शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परिक्षणलाई समाप्त गर्न निश्चित प्रक्रियाको सुरुवात गर्नेमा अमेरिका आशावादी रहेको छ।

पछिल्लो १८ महिनादेखि रहँदै आएको तनाव तथा आरोप–प्रत्यारोपलाई पन्छ्याउँदै दुवै नेता ऐतिहासिक भेटवार्ताका लागि आमने–सामने भएका हुन्।

यसैबीच शिखर वार्ता लगत्तै राष्ट्रपति ट्रम्प अमेरिका फर्किने भएका छन्।

अपेक्षा गरिएभन्दा चाँडै उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबार जनाएको थियो।

वार्ता सकिने बित्तिकै ट्रम्प आज बेलुका ८ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया