काठमाडौं- बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको ३ गोदाममा शिलबन्दी गरिएको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसहित खाद्य प्रविधि विभागका पदाधिकारीसहितको टोलीले बिहानै औद्योगिक क्षेत्रमा छापा मारेको थियो। सो क्रममा आधुनिक डेरी प्रोडक्टको दूध पाउडरमा मिति उल्लेख नभएको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको हो।
टोलीले सामूहिक कृषक डेरी लिमिडेड र सुलभ दूधमा पनि अनुगमन गरेको थियो। मिति नभएका तथा गुज्रिएका खाद्य पदार्थले उपभोक्ता समस्यामा परेको गुनासो बढ्दै गएपछि मन्त्री आफै टोलीसहित पुगेका थिए।








