Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – टोकियोमा पहिलो पटक हुने सूर्य इन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला गरिएको छ ।

आयोजकले सो सम्बन्धि एक विज्ञप्ती जारी गरेको छ । आगामी सेप्टेम्वरको १६ तारिख अर्थात २०७५ भाद्र ३१ गते सूर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६-६ गरि १२ विधा रहने आयोजकले जनाएको छ ।

जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकारमा महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ ।

विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सूर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तीमा भनिएको छ । यहि जेष्ठ मसान्तसम्म अवार्डका लागि फारम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ ।

अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि बासुदेव लामिछाने बताएका छन् । यस्तै अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् । अवार्ड समारोहमा कमेडी, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु पनि रहने आयोजकले बताएको छ ।

यता नेपालमा कलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न बरिष्ठ पत्रकार नरेश भट्टराई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिएको बासुदेव लामिछानेले बताएका छन् ।

विधागत सूची दर्ताको लागि बलामी फिल्म इन्टरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न पनि विज्ञप्तीमा भनिएको छ । ***

तपाईको प्रतिक्रिया