Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जनकल्याणकारी संस्था जापानले कास्कीको मादी गाउँँपालिका ४ का सोमनाथ सापकोटालाई आर्थिक सहयोग प्रदान गरेको छ । रूखबाट लोटेर ढाड भाचिएपछि असक्त भएका ४३ वर्षिया सापकोटालाई संस्थाले ५१ हजार ३ सय ७६ रुपैया प्रदान गरेको हो ।

नवलपुर प्रतिनिधि कृष्ण घिमिरे मार्फत संस्थाको केन्द्रीय समितिमा गाउँँपालिका ४ का वडा अध्यक्ष सत्यराज सापकोटाद्वारा हस्ताक्षरित निवेदन पुगेपछि सोमनाथलाई सहयोग स्वरुप ५१ हजार ३ सय ७६ रुपैया प्रदान गरिएको संस्थाका कोषाध्यक्ष मेघनाथ खरेलले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रमका नेपाल प्रतिनिधि विजय सापकोटा, छविलाल कंडेल, वडा अध्यक्ष सत्यराज सापकोटा, स्थानीय समाजसेवी नारायण सापकोटा र स्थानीयहरूको उपस्थिति थियो ।

सन् २०१२ मा स्थापना भएका संस्थाले दैविक प्रकोप, आपतकालिन घटना तथा विभिन्न रोगबाट ग्रसित निम्न वर्षका नेपालीहरुलाई सहयोग गर्दै आएको छ । आर्थिक अभावले उपचारबाट बञ्चित हुन नदिन संस्थाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने संस्थाको भनाई छ ।

तपाईको प्रतिक्रिया