Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं –  नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौँ स्टिल प्रालि नवलपरासीको इजाजतपत्र खारेज गरेको छ । विभागमा अाज बसेको बैठकले गुणस्तरबमोजिम उत्पादन नगरेको भन्दै सो उद्योगको इजाजतपत्र खारेज गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उक्त उद्योगबाट उत्पादित वस्तु नेपाल गुणस्तर १९१ बमोजिम नपाइएपछि इजाजतपत्र खारेज गरेको जानकारी दिनुभयाे ।

उक्त उद्योगबाट उत्पादित ५०० ग्रेडका आठ मिलिमिटर, १० मिलिमिटर, १२ मिलिमिटर र १६ मिलिमिटरका फलामे डण्डी विभागको प्रयोगशालामा परीक्षण गराउँदा निर्धारित मापदण्डभन्दा कम पाइएपछि विभागले इजाजतपत्र खारेज गरेको हो ।

तपाईको प्रतिक्रिया