Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक आज बस्दैछ । शुक्रबारदेखि शुरु हुने राजपाको राजनीतिक समितिको बैठकको एजेन्डा तय गर्न अध्यक्ष मण्डलको बैठक बस्न लागेको हो ।

बैठकमा राजपा नेता लक्ष्मण लाल कर्णले तयार गरेको विधान मस्यौदालाई अध्यक्षमण्डलको बैठकले पारित गर्ने तयारी गरेको छ ।

विधान पारित भएपछि शुक्रबारबाट बस्ने राजनीतिक समितिमा पेस हुनेछ । विधान पारित भएपछि संसदीय दलको नेता र अन्य पदाधिकारी चयन गर्ने राजपाले जनाएको छ । विधान अभावमा राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

संसदीय दलको नेतामा महन्थ ठाकुर र राजेन्द्र महतो चर्चामा छन् । फोरम बैठकमा मधेस केन्द्रीत दल संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछिको पछिल्लो अवस्थाबारे छलफल हुने छ ।

तपाईको प्रतिक्रिया