Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

पाल्पा – १४ जनाको ज्यान जाने गरी शुक्रबार पाल्पामा भएको बस दुर्घटनाको शोक मनाउन आइतबार पाल्पाका उद्योगधन्दा, पसल व्यवसाय बन्द भएको छ ।

पाल्पा उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारी, व्यवसायीहरुले पसल व्यवसाय बन्द गरेका हुन् । पसल व्यवसाय बन्द गरेर शोकसभाको आयोजना गरिएको संघका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

अध्ययन भ्रमणका लागि तानसेनबाट रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवं कर्मचारी सहित अतिथि चढेको बस रम्भा गाउँपालिका ४ हुमिनको धारदी बनमा शुक्रबार बिहान दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको अस्पताललमा गरी १४ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा सहकारीका अध्यक्ष बिष्णुमान बज्राचार्य र उहाँका भाइ सचिन, डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, कृष्णमान बज्राचार्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, अधिवक्ता लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशिल श्रेष्ठ, देबेन्द्र प्रधान, बसन्ती खांड, दुर्गादेवी श्रेष्ठ र मुना सारुको  ज्यान गएको हो ।

घाईते ४ जनाको काठमाडौं र ५ जनाको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।  दुर्घटनामा ज्यान गुमाएका १४ मध्ये १३ जनाको शनिबार राम्दीघाटमा अन्त्येष्टी गरिएको छ ।

तपाईको प्रतिक्रिया