Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

बट्टार– नुवाकोट गोल्कडप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको  खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई भारी गोलले पराजित गर्दै नुवाकोट सेमिफाइनलमा प्रवेश गरेको छ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेलमैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा नुवाकोटले ५-० गोलको जित निकालेको हो। नुवाकोटका लागि खेलको ३३औं मिनेटमा राजकुमार कुमाल (नानु)ले पेनाल्टीमार्फत उत्कृष्ट गोल गरेका थिए।

फ्रेन्ड्सका जनक कोइरालाले डि–बक्सभित्र नुवाकोटका खेलाडीलाई लडाएपछि टिमले पाएको पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा एक गोलले अग्रता लियो।  दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको नुवाकोटले लगातार चार गोल थप्यो।

खेलको ४८औं मिनेटमा भिक्टोरले गोल गर्दै नुवाकोटको अग्रता दोब्बर बनाए। त्यस्तै, ५५औं र ५९औं मिनेटमा गोल गर्दै अमिर श्रेष्ठले नुवाकोटको अग्रता पराकिलो पारे भने ६५औं मिनेटमा विकेश लामाले गोलसँगै नुवाकोट ५–० गोल अन्तरले विजयी भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नुवाकोटका जङ्मो शेर्पा म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ हात पारे।  सेमिफाइनल प्रवेश गरेको नुवाकोटले थ्री–स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमीसँग प्रतिष्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तर्गत आइतबार सशस्त्र प्रहरीको एपीएफ र पोखरा ११ बीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ।  विभागीय टिमहरु समेत सहभागी रहेको प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख र दोस्रो हुने टोलीलाई ३ लाख रुपैयाँ प्रदान गरिने नुवाकोट फुटबल संघले जनाएको छ।

तपाईको प्रतिक्रिया