काठमाडौं – मुग्लिन-नारायणगढ सडकखण्डको कालोपत्रे सहितको काम जेठ महिना भित्र सकिने भएको छ । पहाड काट्ने काम सम्पन्न भएसँगै आयोजना निर्माणले गति लिएको हो ।
तेश्रो खण्डको २ सय मिटर मात्रै कालोपत्र हुन बांकी रहेको सडक निर्माण आयोजनाले जनाएको छ । तिन पत्रमा गरिने कालोपत्रेको अन्तिम काम पहिलो र तेश्रो खण्डमा मात्रै हुन बाँकी छ ।
सो सडकखण्डमा ६–६ सेन्टिमिटरका दुई र ४ सेन्टिमिटर मोटो कालोपत्रे गरिनेछ । नारायणगढको आँपटारी देखी मुग्लिन सम्म ३३ किलोमिटर सडकको स्तरोन्नती भैरहेको छ ।
अब सडक छेउमा लगाईने सुरक्षा बार, लाईनिङ्गको काममात्रै बाँकि रहेको मुग्लिन नारायणगढ सडक आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो । विश्व बैंकको ३ अर्ब ऋण सहयोगमा नेपाल सरकारले सो सडकको स्तरोन्नती गरेको हो ।
भुकम्प, नाकाबन्दी र सवारीसाधनको चापका कारण सुस्त गतिमा निर्माण कार्य भएको हो । सडक स्तरोन्नती सुरु भएको तिन वर्षमा निरन्तरको जाम, समयतालिकामा सवारी बन्द गरिने खोलीने क्रमबाट अब यात्रुले सास्ती खेप्नुपर्ने छैन ।
भारतबाट ढुवानी हुने अधिकांश सामाना सोहि सडकखण्ड हुँदै काठमाडौं ल्याईने गरेको छ ।








