Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कैलालीको देवकलीयामा बोक्सी आरोपमा युवतीहरुलाई यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाइ जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एकलाख जरिवाना गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराइको एकल इजलासले रामबहादुर चौधरीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । चौधरीका सहयोगी किस्मती चौधरीलाइ एक वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ ।यसैगरी युवतीहरुलाई यातना दिने घटनामा सहयोगी स्मारिका चौधरीलाइ ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको पनि जिल्ला अदालत कैलालीले जानकारी दिएको छ ।

भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका अन्य तिनजनालाइ भने अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीले सफाइ पाएका हुन । गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियाका की राधा चौधरीलाइ बोक्सी आरोपमा यातना दिइएको थियो । रामबहादुर चौधरीले बोक्सी आरोपमा आफ्नै घर अगाडि सयौं स्थानीयलाई जम्मा गरेर राधालाई चरम यातना दिएका थिए ।

तपाईको प्रतिक्रिया