काठमाडौं – सुन तस्करी प्रकरका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसर्पण गरेलत्तै उनको बयान शुरु भएको छ । प्रहरीका निलम्बित एसएसपी खत्रीले बिहीवार विहान अदालतमा आत्मसमर्पण गरेका हुन् ।
उनी अदालतमा उपस्थित भएसँगै जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशमा बयान शुरु गरिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनको बयान सकिएपछि थुनछेक बहस शुरु हुने छ ।
।








