काठमाडौं – नेपाल कम्युनिस्टको संसदीय दलको नेतामा सुवास नेम्वाङ चयन हुनुभएको छ । आज बसेको संसदीय दलको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता चयन गरेको हो ।
नेम्वाङ यसअघि तत्कालिन नेकपा एमालेको पनि उपेनता हुनुहन्थ्यो । त्यस्तै नेकपाको प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरी चयन हुनुभएको छ । दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा उहाँहरु चयन हुनुभएको हो ।
गुरुङ यसअघि तत्कालिन माओवादी केन्द्रको प्रमुख सचेतक हुनुहन्थ्यो भने चौधरी तत्कालिन एमालेको सचेतक हुनुहुन्थ्यो ।








