Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान-२०७५ को शुभारम्भ गर्नुभएको छ । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उदघाटन गर्नुभएको हो ।

काठमाडौंस्थित शंखपार्कको सडकमा झाडू लगाउँदै सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैंबाट शुरुवात गर्नुपर्ने धारणा राख्नुभयो । ‘सरसफाइ आफूबाटै शुरु गरौं, एक-एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ,’ उहाँले भन्नुभयो, ‘सबै सरसफाइमा लागेपछि गाउँ, शहर र देश सबैतिर सफा हुन्छ र स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।’

नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने भन्दै सभामुख महराले योजना जस्तै कार्यान्वयनमा लागेर अभियान सफल बनाउन आयोजकलाई आग्रह गर्नुभयो । सरसफाइ कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको सरसफाइ कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया