काठमाडौं – सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य बस्तुमा अन्तःशुल्क कर बढाउने भएको छ । कर बढाउने मात्रै नभई सरकारले सुर्तीजन्य पदार्थमा नयाँ शीर्षकको कर पनि लगाउने भएको छ । संसदमा प्रस्तुत भएको बजेटमा हरेक खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर लगाइने उल्लेख छ ।
गैर उत्पादनशील सामग्रीमा कर बढाउको सरकारले सुर्ती र मदिराजन्य उद्योग सरकारले तोकेकै ठाउँमा मात्रै राख्न पाइने पनि बजेटमा उल्लेख छ ।








