काठमाडाैं – सरकारले तीन वर्षभित्र धरहरा र रानीपोखरी निर्माण गर्ने भएको छ । अाज संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पका कारण ढलेको धरहरा र भत्किएको रानीपोखरी तीन वर्षभित्र निर्माण गर्ने बताउनुभयाे ।
यस्तै सरकारले संघीय संसदको भवन निर्माणका लागि समेत बजेट विनियोजन गरेको बताउनुभएकाे छ ।








