Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो-गल्कोट स्पोर्ट्स क्लबद्वारा नेपाली नयाँ बर्षमा आयोजित चौथो रनिंग सिल्ड सिल्भर कप प्रतियोगिताको टिम दर्ता मिति अप्रिल १५ तारिखसम्म थप गर्ने भएको छ ।

यस अघि पत्रकार सम्मेलन गरि १० तारिखसम्म गर्ने जानकारी गराएको क्लबले बिभिन्न सस्थाहरुले टिम दर्ताको लागि आन्तरिक तयारी गर्नुपरेको र केहि समय उपलब्ध गराउन माग गरेको बमोजिम समय थप गर्नु परेको जानकारी सस्थाका महासचिब लक्ष्मण कार्कीले गराउनु भयो ।

नया तालिका अनुसार अप्रिल १५ गतेसम्म टिम दर्ता गर्न सकिने र अप्रिल १७ गते खेल तालिका प्रकाशित गरिने सस्थाको अध्यक्ष रत्न सिहं बस्नेतले जानकारी गराउनु भयो । खेलकूदप्रेमीहरुको लागि अझपनि समय रहेकोले १५ तारिखसम्म टिम दर्ता गर्नको लागि अनुरोध समेत क्लब ले गरेको छ ।

प्रतियोगिता अप्रिल महिनाको १८ तारिक बुधबारका दिन टोकियो कामताको ओता-कु स्पोर्ट्स सेण्टर १-११-१हिगासी कामता (Ota-ku Sports Center1-11-1, Higashi-Kamata,Ota-ku,Tokyo)मा हुदै छ ।

तपाईको प्रतिक्रिया