Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – यो सिजनको इन्डियन  प्रिमियर लिग (आईपिएल)को पहिलो खेलमा चेन्नइ सुपर किंग्सले रोमाञ्चक जित निकालेको छ। १ बल बाँकी रहदा चेन्नई १ विकेटले विजयी भएको हो।  शनिबारको उद्घाटन खेलमा उसले मुम्बईमाथि अन्तिम ओभरमा जित निकालेको हो।

टस जितेको मुम्बईले सुरुमा फिल्डिड. रोजेको थियो। मुम्बईले ४ विकेटको क्षतीमा एक सय ६५ रन बनाएको थियो।  एक सय ६६ रनको लक्ष्य पछ्याएको चेन्नई एक समय धरासायी भएकोमा ड्याने बाभ्रोले ३० बलमा ६८ रन बनाएर चेन्नईलाई जित नजिक पुर्याएका थिए।

अन्तिम दुई ओभरमा २ विकेट बाँकी रहदा चेन्नईलाई २७ रन चाहिएको थियो। १८ औं ओभरमा ५ बलमा २० रन जोडेर अन्तिम बलमा ब्राभो आउट भएपछि खेल रोमाञ्चक भएको थियो। अन्तिम ओभरमा सात रन चाहिएकोमा सुरुको तीन बल केदार जाधवले डट खेलेका थिए। चोथो बलमा छक्का र पाँचौ बलमा चौका हानेर उनले चेन्नईलाई जिताएका हु्न्।

मुम्बईका लागि सूर्यकुमार यादबले सर्वाधिक ४३ रन बनाए। त्यस्तै इशान किसानले ४० तथा क्रुनाल पाण्डेलाई नटआउट ४१ रन बनाएका थिए। नेपालका खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली डेयरडेभिल्सको खेल आइतबार छ। पहिलो खेलमा दिल्लीले पञ्जाबको सामना गर्दैछ। पञ्जाबको कप्तानमा रविचन्द्र आश्विन छन्।

तपाईको प्रतिक्रिया