Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ
पिरतीको सौगात बर्से झुपडी पनि दरबार हुन्छ

तिम्रो नै भरोसामा नाता समाज छोडि आएँ
लैजाऊ मलाई धेरै टाढा जहाँ मायाको संसार हुन्छ

जो सँग मिल्छ भावना बस्छ गहिरो प्रीति त्यहाँ
जसले दिन्छ धेरै खुशी त्यै जिन्दगीको हकदार हुन्छ

लोभीलाई धनै प्यारो हितकारीलाई मनको सङ्गम
प्रियसीलाई प्रियतमको हृदय नै सरकार हुन्छ

मायालुको अँगालोले बिर्साउँछ दुख पीर सारा

एक्लो यात्रा जिन्दगीको आगोको त्यो अङ्गार हुन्छ

 

गैडाकोट नवलपरासी
नेपाल

तपाईको प्रतिक्रिया