Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – मदन पुरस्कार विजेता कृति ‘राधा’ अंग्रेजी भाषामा अनुवाद भएको छ। कृष्ण धरावासीले लेखेको उपन्यास राधालाई महेश पौड्यालले अनुवाद गर्नुभएको हो ।

पौराणिक भईकन पनि यथार्थको धरातलमा रहेको यो उपन्यास राधाको आँखाबाट महाभारतलाई हेरिएको आधारमा लेखिएको हो।  कृतिलाई अनलाइन सपिङ वेबपोर्टल एमजोनले पनि राखेको छ। ईबुकको ३ डलर ९९ सेन्ट मूल्य राखिएको छ भने पेपर बुकको १८ डलर ३० सेन्ट रहेको छ।

उनका झोला कथा संग्रह, शरणार्थी, पाण्डुलिपि, आधा बाटो, टुँडाल जस्ता उपन्यास चर्चित छन्। झोला कथामा आधारित फिल्म नै निर्माण भइसकेको छ। राधा उपन्याका लागि २०७० सालमा मदन पुरस्कार दिइएको थियो।

तपाईको प्रतिक्रिया