Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं –  साहित्यकार प्रेमा शाहको निधन भएको छ। अमेरिका रहँदै आएकी शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो।

उहाँका कथा संग्रहहरु ‘पहेँलो गुलाफ’, ‘विषयान्तर’ प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उहाँको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उहाँले कलम चलाउनुभयो। उहाँका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ।

नारी सञ्चेतना र विसंगत पक्षलाई पनि उहाँले कथामार्फत उजागर गर्नुभएको छ। शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’समेत प्राप्त गर्नुभएको छ । उहाँ नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया