Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको ४१ औं साहित्य शृङ्खला विविध साहित्यिक कार्यक्रमसहित शनिवार टोकियोमा सम्पन्न भएको छ । हरेक तीन तीन महिनामा नियमित हुँदै आईरहेको साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार भएको ४१ औं शृङ्खलामा अनेसासद्वारा प्रकाशित कविता संग्रह ’जापानमा नेपाली कवि र कविता’ को विमोचन गरियो । कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपालबाट आमन्त्रित अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपप्राध्यापक तथा चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफल लगायतका अन्य बिशेष अतिथिहरुले कविता संग्रहको सामुहिकरुपमा विमोचन गरेका थिए ।

संस्थाका अध्यक्ष बिष्णुप्रसाद घिमिरेको सभापतित्वमा भएको सो कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल ’माईला’, एनआरएन आइसीसी सदस्य कपिलदेव थापा, एनआरएन जापानका अध्यक्ष सुदन थापा, पूर्व अध्यक्ष रोशन के.सी, जापानका लागि अवैतनिक पर्यटन प्रतिनिधी अनुज थापा लगायतका बिशेष अतिथिहरुको उपस्थिति रहेको थियो ।

विमोचित कविता संग्रहमा जापानमा रहेका १ सय ६ जना कविहरूको कविता समाविष्ट छन् ।
कार्यक्रममा गिरिजा गैरे, सँगीता कुवँर, सुमित गिरी, सविना रेग्मी, दिपा घिमिरे, सिएम मरहठ्ठा, राजेन्द्र पौडेल, राजनकुमार पौडेल, लोकनाथ अधिकारी, भुवन रोका, अरूण पौडेल, अर्जुन दृष्टि पौडेल, मिनराज बाँस्तोला, रविन शर्मा, शेखर विकल्प, जीवन अर्याल, श्रवण सत्याल, भगवती उप्रेती, प्रेमिला गौचन, सरिता ढकाल, मञ्जु गिरी वन, विमन किराती, उदय रानोहोँछा, शरदकुमार गौचन, ऋतुकुमार दुरा, हेमन्त गिरी, दिनेशराज ज्ञवाली, वेलुकाजी थापा, आलोक चालिसे, पिताम्बर चापागाई, प्रकृति फुँयाल, विशाल रेग्मी, ज्वाला सँग्रौला, प्रकाश पौडेल ’माईला’, अनुज थापा, सुदन थापा, बिष्णुप्रसाद घिमीरे, दिप पाठक लगायतका स्रष्टाहरूले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । स्रष्टाहरुले वाचन गरेको सिर्जनामा मात्तृत्व, देशभक्ति, प्रेम, व्यङ्ग्य र करूणाले भरिएका थिए । सोही अवसरमा संस्थाका सदस्य जीवन अर्यालको तीज गीत ’परदेशी’ पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै अतिथि वक्ताहरुले साहित्य समाजको ऐना भएकोले यसको संरक्षण र संबर्धनमा स्वदेश तथा बिदेशबाट जुट्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव दिप पाठकले गरेका थिए । ***

तपाईको प्रतिक्रिया