Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

धनगढी – बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाल सरकारका सरसफाइ राजदूत कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले सकारात्मक सोच अभिवृद्धिका लागि यसपटक सरसफाइ अभियान शुरु गर्न सुदूरपश्चिम ७ नं प्रदेश पुगेको बताउनुभयो ।

बैंक अफ काठमाडौँले सामाजिक उत्तरदायित्वअन्तर्गत शुरु गरेको सरसफाइ अभियानका क्रममा यहाँ पुग्नुभएका कट्टेलले आँट र साहस गरे देश बन्न धेरै समय नलाग्ने उल्लेख गर्नुभयो ।

यसअघि सञ्चालन गरेका तीनवटा अभियान सफलतापूर्वक सम्पन्न भएपछि धुर्मुस–सुन्तली फाउण्डेसनले देशलाई समृद्धितर्फ हिँडाउन नमूना नेपाल परियोजना शुरु गर्न थालेको बताइएको छ ।

नमूना नेपाल परियोजना राष्ट्रिय गौरवको परियोजनामा समावेश गराउन सरकारसँग आग्रह गरिएकाले यो साझा अभियानमा सहभागी हुन कट्टेलले सबै नेपालीलाई आग्रह गर्नुभयो ।

बैंक अफ काठमाडौँको सद्भावना दूत भएकाले बैंकले शुरु गरेको संस्थागत सामाजिक उत्तरदायित्व अभियान सञ्चालनसमेत सुदूरपश्चिम ७ नं प्रदेशबाट शुरु गर्न थालेको कट्टेलले स्पष्ट पार्नुभयो ।

अभियान शुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेसनका प्रमुख कट्टेलसँगै कलाकारहरु सुरवीर पण्डित ‘दाडीबा’ र पल्पसा डंगोल ‘चम्सुरी’ सहितको टोली यहाँ आइपुगेको छ ।

पत्रकार सम्मेलनमा बैंक अफ काठमाडौँका विपन्न वर्ग कर्जा प्रमुख गणेश लम्सालले धुर्मुस–सुन्तली फाउण्डेसनसँग सहकार्य गरी बैंकले महिला तथा विपन्न वर्गलाइ लक्षित गरी साना उद्यमलाई सहयोग गर्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया