काठमाडौं – आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण र अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रमा गायक बन्न चाहने एक बालकको कथा समेटिएको छ । ५२ वर्षका आमिर खानले चलचित्रमा संगीतकारको भूमिका निर्वाह गरेका छन् ।
अद्वैत चन्दनको लेखन रहेको यस चलचित्रमा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिका निर्वाह गरेका छन् । अमित त्रिवेदीको संगीत रहेको चलचित्र आउँदो अक्टुबर १९ मा रिलिज हुँदैछ ।








