Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कुटुमा कुटु, पूर्व पश्चिम रेल, सुर्के थैलीजस्ता चर्चित गीतका रचनाकार, संगीतकार र गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘चिरबिर चिरबिर चाँचरी’ युट्युबमा सार्वजनिक भएको छ ।

यो गीतमा शिवाकोटीलाई स्वरमा साथ दिएका छन् मेलिना राई र ग्रीश्मा शिवाकोटीले ।

रेखा थापाको रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’ को यो गीत बुधबार सार्वजनिक भएको हो । रेखा थापा र आर्यन सिग्देलको संयुक्त निर्माण रहेको रुद्रप्रिया आउँदो कार्तिक २ गते लक्ष्मीपूजाका दिन रिलिज हुँदैछ ।

चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशानलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन सुदीप बबी भूपाल सिंहले गरेका छन् । चलचित्रमा संगीत भने सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीकै रहेको छ ।

तपाईको प्रतिक्रिया