Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – दाङको लमही नगरपालिका ६ कुलमोहरकी ज्ञानीमैयाँ कुसण्डा ८१ वर्षकी हुनुभयो । उहाँ लोपोन्मुख कुसुण्डा जातिको भाषा पूर्णरुपमा बोल्न सक्ने एक जना जीवित व्यक्ति हुनुहुन्छ ।

नेपालमा अहिले कुसुण्डा जातिका एक सय ५० जना मात्रै छन् । तर, पूर्ण भाषा बोल्न जान्ने ज्ञानीमैयाँ मात्र हुन् । ‘म मरे भने भाषा पनि लोप हुन्छ, म जीवित रहँदासम्म यो भाषा बाँचेको छ, मेरो शेषपछि के हुने होला’ उहाँले चिन्ता व्यक्त गर्नुभयो, ‘म मरे भने पनि अब यही पुस्तकले कुसुण्डा जातिको भाषा बचाउने भयो।’

दाङको लमहीमा आज लोपन्मुख कुसुण्डा जातिको भाषालाई आधार मानेर लेखिएको पुस्तकको विमोचन कार्यक्रममा ज्ञानीमैयाँले कुसुण्डा आफ्नो भाषा लोप हुन थालेकोमा चिन्ता ब्यक्त गर्नुभयो । कुसुण्डा जातिको ‘कुसुण्डा जाति र शब्दकोष’ अनुसन्धानकर्मी उदयराज आलेले तयार गर्नु भएको छ । आलेले पाँच वर्षको अध्ययन, अनुसन्धानपछि पुस्तक तयार पार्नु भएको हो ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.कुलप्रसाद कोइरालाले पुस्तकको विमोचन गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोइरालाले भाषा मरेमा सिङ्गो सभ्यता नै समाप्त हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया