काठमाडौं – लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत– २’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गर्नुभएको छ ।
राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।
चलचित्र ‘छक्का पन्जा’ र ‘लुट २’ भन्दा प्रेमगीत २ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् ।
शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ ।
रामशरण पाठकको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रदिप खड्का र अश्लेषा ठकुरीको प्रमुख भूमिका छ । बर्मेली युवती र नेपाली युवक बीचको रोचक कथा फिल्ममा देख्न पाइन्छ ।








