Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन असार १७ गते हुने भएको छ ।
संघको कार्यसमितिको बैठकले निर्वाचनको मितिसँगै निर्वाचनका लागि निर्वाचन अधिकृतका रुपमा संघका पूर्वअध्यक्ष तिलक रानाभाट तथा सदस्यहरुमा जेन्युन प्लेसमेन्टका संचालक डिकबहादुर खत्री (कुमार) र कानुनी सल्लाहकार शम्भु निरौला गरी ३ सदस्यीय निर्वाचन समिति समेत चयन गरेको छ ।
आगामी १४ गते हुने स्थानीय निकायको दोस्रो निर्वाचनका कारण समय अभाव हुने व्यवसायीहरुले आवाज उठाइरहँदा मितिमा केही हेरफेर पनि हुन सक्ने संभावना रहेको बताउदै संघका अध्यक्ष विमल ढकालले संघले भने यही मितिमा गर्ने गरी नै निर्णय गरेको बताउनु भयो ।
संघको वैठकले साधारणसभासभामा प्रक्रिया पुरा भए विधान संसोधन गर्नेसमेत निर्णय गरेको छ । निर्वाचनका लागि आधिकारिक प्यानल घोषणा नभएपनि अध्यक्षका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमबाट किरणकिशोर घिमिरे र प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट रोहन गुरुङको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया