Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७४ र ०७५ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले ठूला परियोजनाहरु निर्माणका लागि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री राम कार्कीले जानकारी दिनुभयो ।

स्थानीय तहलाई बलियो बनाउने गरी संविधान कार्यान्वयनमा जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । बजेट अधिवेशनका रुपमा चिनिने संसदको अधिवेशन भोलिदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १५ गते अगावै सरकारले तयार पारेको नीति तथा कार्यक्रम संसदमा पेश गर्दैछन् ।

जेठ १५ गते बजेट घोषणा गर्ने व्यवस्था संविधानमै उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बेलुका राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्नेछन् । स्रोतका अनुसार १० या १२ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेसंगै प्रधानमन्त्री दाहालले कांग्रेससँग भएको सहमति अनुसार आजभोलिमै राजीनामा दिने चर्चा भए पनि नीति तथा कार्यक्रम अघि प्रधानमन्त्री दाहालले राजीनामा दिने संभावना अब कम बनेको छ ।

तपाईको प्रतिक्रिया