काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले हराएको हो ।

एभर्टनको जितमा रोस बार्कलीले गरेको गोल निर्णायक बन्यो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा बार्कलीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए ।

त्यसपछि दुवै तर्फबाट गोल भएन र एभर्टन विजयी भयो । जितपछि सातौं स्थानको एभर्टनको लिगका तीन खेल बाँकी हुँदा ६१ अंक भएको छ । १५ औं स्थानको वाट्फोर्डको चार खेल बाँकी हुँदा ४० अंक छ ।











