Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले गुजरात लायन्सलाई दुई विकेटले हराएको छ ।

कानपुरको ग्रिनपार्क रंगशालमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष्य दिल्लीले दुई बल बाँकी हुँदा ८ विकेटको क्षतिमा भेट्टायो । ठूलो लक्ष्य पूरा गर्नका लागि दिल्लीका श्रेयस आइएरले महत्वपूर्ण भूमिका खेले । उनले ५७ बलमा १५ चौका र दुई छक्काको मद्दतमा ९६ रन बनाए ।

यस्तै करुण नायरले ३० तथा प्याट कमिन्सले २४ रन बनाए । गुजरातका जेम्स फल्कनरले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले पाँच विकेटको क्षतिमा एक सय ९५ रन बनायो ।

उसका लागि एरोन फिन्चले ६९, दिनेश कार्तिकले ४० तथा इशान किशनले ३४ रन बनाए । जितपछि छैटौं स्थानको दिल्लीको १२ खेलबाट १० अंक भएको छ । १३ खेलबाट ८ अंकसहित गुजरात सातौं स्थानमा छ ।

 

तपाईको प्रतिक्रिया