Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौ – काठमाडौँको भृकुटीमण्डपमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुदैँछ ।शान्ति समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ भन्न् मूलनाराका साथ सुरु हुन लागेको मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने कार्यक्रम तय भएको छ ।

कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा २० गतेसम्म चल्ने मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता हुने आयोजकले जनाएको छ ।

मेलामा अन्तर्रा्ष्ट्रिय क्षेत्रबाट २८ र नेपालबाट ७१ गरी कुल ९९ वटा कक्ष समावेश गरिने फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले जानकारी दिनुभयो ।

मेलामा ४५० मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रिन हाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र जैविक तथा रासायनिक विषादीका प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ ।

तपाईको प्रतिक्रिया