Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – नगर विकास कोषको सञ्चालक समितिको अध्यक्षमा राजनीतिक नियुक्ति भएका ध्रुव रिजाललाई बिकास कोषका कर्मचारीहरुले पदबहाली हुन नदिएका कारण फिर्ता भएका छन । नगर विकास कोष स्वतन्त्र कर्मचारी युनियनले सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था रहँदारहँदै राजनीतिक नियुक्ति गरी निर्माण व्यवसायी धु्रव रिजाललाई अध्यक्षमा नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन गरिरहेका छन भने सरकारको निणर्य बिरुद सर्बोचमा रित समेत परेको छ ।

मंगलबार मध्यानको समयमा केहि ब्यक्तिहरुको साथमा पदबहाली गर्न कोषको कार्यालय मध्यबानेश्बर पुगेका रिजाल कोषका कर्मचारीको बेवास्थाका कारण आफै खादा पहिरिई कार्यालयबाट बाहिरिएका थिए । २९ वर्ष अघिदेखि कोषको अध्यक्ष सहरी विकास मन्त्रालयको सचिव रहदै आएको भएपनि सरकारले कोषलाई भर्तिकेन्द्र बनाउन खोजेको कर्मचारीको आरोप छ ।

सरकारले मन्त्रिपरिषदको फागुन १७ गते बसेको बैठकले प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक ध्रुव रिजाललाई कोषको अध्यक्षमा नियुक्त गरेको थियो । यो पढ्नुसः मन्त्रालयका सचिव हटाएर नगर विकास कोषमा ठेकेदार हाल्दै सरकार

तपाईको प्रतिक्रिया