Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत पाँचौ चरणको आफ्नो पहिलो खेलमा नेपालले आज केन्यासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान कीर्तिपुरमा केन्याबिरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

यद्यपी त्रिबि क्रिकेट मैदानमा बिहान साढे नौ बजे खेल हुने तय भएपनि उपत्यकामा रातभर भारी बर्षा भएको तथा आज दिनभरी नै मौसममा सुधार हुने सम्भवना नरहेकाले खेल समय प्रभाबित हुने देखिएको छ ।

आज पनि उपत्यकामा बर्षा हुने जल तथा मौसम पुर्बानुमान महाशाखाले जनाएको छ । लिगको पाँचौ स्थानमा रहेको केन्या र एक स्थान तल छैटौंमा रहेको नेपालबिचको खेल दुबैका लागी गर या मरको अवस्थामा छ । तालिकाको शीर्ष चारमा रहने टोलीले आसन्न वन डे क्रिकेटको बिश्वकप छनौट खेल्न पाउने भएकाले दुबै टोलीका लागी महत्वपुर्ण रहेको छ ।

यद्यपी नेपाली टोलीका नियमित कप्तान पारस खड्काले केन्याबिरुद्धको पहिलो खेल गुमाउने सम्भावना बढेको छ । केहि समयअघि मात्र एपेन्डिसाईटिसको शल्यक्रिया गरेका खड्का पुर्ण रुपमा फिट नभएकाले मैदान उत्रने सम्भावना कम रहेको नेपाली टोली निकट श्रोतले जनाएको छ ।

त्यस्तै टोलीका फास्ट बलर करण केसीले पनि घरेलु मैदानका दुबै खेल गुमाउने भएका छन् । अभ्यासकै क्रममा हिजो अस्वस्थ भएपछि उनलाई अस्पाताल भर्ना गरिएको छ । केसीलाई पनि एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । महत्वपुर्ण २ खेलाडी मैदानमा नदेखिने भएपछि उनीहरुको स्थानमा दिपेन्द्रसिंह ऐरी र अभिनाश कर्णलाई मैदान उतार्ने तयारी गरिएको छ ।

मौसम प्रतिकुलताका कारण आज खेल स्थगीत भए सो खेल रिर्जभ डे अर्थात भोलीका लागी सार्न सकिने राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो ।

भोली पनि खेल हुन नसके मात्र दुबै टोलीले अंक बाढ्नेछन् । लिग अन्र्तगत नेपालले घरेलु मैदानमा केन्या बिरुद्धको दुई खेलपछि हङकङसंग तटस्थ भूमिमा र युएईसंग उसैको घरेलु मैदानमा दुई–दुई खेल खेल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया