Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – चर्चित पाश्र्व तथा आधुनिक गायक शिव परियारले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।  उहाले आफ्नो एल्बम शिवालयमा समावेश ‘अल्लारे’ बोलको गीतको भिडियो सार्वजनिक गर्नु भएको हो । 

राजु थापा मगरको शब्द रहेको यस गीतमा संगीत शिवकै रहेको छ । अल्लारे मायाको बारेमा के–के हुन्छ ? भन्ने भाव देखाएको छ । शिव पछिल्लो समय निकै लोकप्रिय गायकमा छाउनु भएको छ । उहा विभिन्न महोत्सव तथा देश विदेशको कार्यक्रममा व्यस्त हुदैँ आउनु भएको हो । उहाको यस भिडियोमा मोडल ज्योत्सना योगी, र रितेश गुरुङले अभिनय गर्नु भएको छ । भिडियोलाइ्र्र आस्था व्याण्डका गायक नरेन लिम्बुले निर्देशन गर्नु भएको हो ।

यो गीत तथा भिडियोलाई दर्शक तथा श्रोताहरुले रुचाउने र अझ धेरै दर्शक तथा श्रोताहरुको मन जित्न सकिने शिवले दावी गर्नु भएको छ ।  हेर्नुसः ‘अल्लारे’ को भिडियो-

 

तपाईको प्रतिक्रिया