Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि अर्काे वर्षको असार १४ गतेसम्म आफ्नो स्थापनाको हीरक उत्सव विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।

सो अवसरमा प्रतिष्ठानले आफ्नो इतिहास ग्रन्थ प्रकाशन, उत्कृष्ट १० स्रष्टालाई सम्मान, विद्युतीय पुस्तकालयको प्रारम्भ र बहुलतालाई सम्बोधन हुने गरी विशेष काव्य महोत्सव आयोजना गर्नेछ ।

प्रतिष्ठानको ३१ औं प्राज्ञसभाका उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा प्रतिष्ठानले आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा उजागर गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा आबद्ध देशमा रहेका प्रज्ञा–प्रतिष्ठानसित सम्बन्ध विस्तार गर्न सुरु गरेको जानकारी दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले प्राज्ञसभाको उद्घाटन गर्दै सबै भाषा र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्न बहुसांस्कृतिक मन्त्रालय आवश्यक रहेको बताउनुभयो ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सबै भाषाभाषीलाई प्रज्ञा–प्रतिष्ठान मेरो पनि हो भन्ने भावना जगाउन आवश्यक रहेको र यसका लागि एक भाषाभाषीले अर्काे भाषाभाषीलाई निषेध नगरी अगाडि बढ्नुपर्छ भन्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले पर्यटन विकास गर्न संस्कृतिको विकास गर्नुपर्ने र संस्कृति विकास गर्न भाषाभाषीका पहिचानलाई माथि उकास्नुपर्ने बताउनुुभयो ।

प्रज्ञासभाको उद्घाटन सत्रमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभु घिमिरे तथा सदस्य सचिव जीवेन्द्रदेव गिरीले प्रतिष्ठानका गतिविधिबारे जनकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया