काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली मोटरसाइकल राइडर बिक्रम थापा आफ्नो टिमसहित थाइल्याण्डको चाङ इन्टरनेशनल सर्किट बुरिराम प्रस्थान गरेका छन् ।
आजबाट थाइल्याण्डमा हुने ‘२०१६ सुजुकी एसिएन मोटरसाइकिल च्याम्पियन सिप’ का लागि थापा आफ्नो टिम मेम्बर रूपेस लामा ,सोहिल सुबेदी र आफन्तसहित त्यस तर्फ प्रस्थान गरेका हुन् ।
२०१६ मार्च महिनामा मलेसिया बाट सुरू भएको यो खेल एसियाका जापान लगायत ६ वटा बिभिन्न देश हुँदै आउँदो डिसेम्बर ४ तारिक थाइल्याण्डमा गएर समापन हुदैछ । संसारमै उच्च जोखिमपुर्ण खतरनाक र निकै महंगो मानिएको यो खेल खेल्ने पहिलो नेपाली खेलाडी थापा नै भएकाले उनले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।








