काठमाडौं – अमेरिकामा एक व्यक्तिले चलाएको चक्कुका कारण ११ जना घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ओयाहो राज्यको कोलम्बसस्थित ओयाहा विश्वविद्यालय क्षेत्रमा चक्कु प्रहार गर्ने सोमालियाली छात्र २० वर्षका थिए । अधिकारीहरुका अनुसार ती छात्रले आफ्नो कार सडकपेटीमा चढाए र त्यहाँबाट उत्रिएपछि बाटोमा हिड्ने व्यक्तिमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका हुन् ।
उनको प्रहरी कारबाहीमा मृत्यु भएको छ । प्रहरी प्रमुख किम ज्याक्सनले उक्त हमला चरमपन्थी भए नभएको अनुसन्धान भइरहेको बताए । ओहायो विश्वविद्यालयमा करिब साठ्ठी हजार विद्यार्थी अध्ययन गर्छन् ।








