Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो सत्ता सञ्चालन गर्ने भावी टोलीको मुख्य जिम्मेवारीमा रिपब्लिकनका उच्च अधिकारी र एकजना पुरातनवादी सञ्चारमाध्यमका प्रमुखलाई नियुक्त गरेका छन् ।

रिपब्लिकन न्यासनल कमिटीका अध्यक्ष राइन्स प्रिबस ’चिफ अफ स्टाफ’ हुनेछन् भने ब्राइटबार्ट न्युज नेटवर्कका कार्यकारी अध्यक्ष स्टेफेन बेनोन ट्रम्पका प्रमुख रणनीतिकार हुनेछन् । प्रिबसको हाउस अफ रिप्रिसेन्टेटिभका सभामुख पल रायनसँग निकट सम्बन्ध रहेको छ । टोलीको मुख्य जिम्मेवारी पाउने राईन्स प्रिबसले सत्ता सम्हाले लगत्तै ह्वाइट हाउसले अख्तियार गर्ने नीति निर्धारणमा प्रमुख भुमिका खेल्नेछन् र संसद र सरकारबिचको सेतूको काम गर्नेछन् । बीबीसीका अनुसार प्रिबसलाई मुख्य जिम्मेवारी दिनुले ट्रम्पका तल्लो तहका समर्थकहरुलाई बिच्काउन सक्नेछ किनभने त्यसले अब आउने नयाँ प्रशासनले शुरुका विधायिका पारित गराउन संसदसँग नजिकमा रहेर ट्रम्पले काम गर्न चाहेको संकेत गर्छ ।donald-trump_650_022716055558

‘चिफ अफ स्टाफ’ लाई ह्वाईट हाउसको सबैभन्दा शक्तिशाली पदका रुपमा हेरिन्छ र उक्त पदमा नियुक्त व्यक्तिले राष्ट्रपतिको निजी सचिवका रुपमा काम गर्ने गर्छन् । राष्ट्रपतिको दैनिक कार्यसूची निर्धारण देखि भेटघाट लगायतका महत्वपूर्ण काम उनको जिम्मेवारीमा पर्छ । प्रमुख रणनीतिकारको जिम्मेवारी पाउने बेनोनले ट्रम्पको चुनावी प्रचारप्रसारको प्रमुखका रुपमा काम गर्न ब्राइटबार्टबाट केही समयका लागि विश्राम लिएका थिए । एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पले आफ्नो सफल टोली, देशको नेतृत्व गर्नका लागि आफूसँग रहनुले रोमाञ्चित पारेको बताएका थिए ।

गत मंगलबार भएको राष्ट्रपतीय चुनावमा डेमोक्र्याट हिलरी क्लिन्टनलाई पराजित गरेका ट्रम्पले आउँदो ज्यानुअरी २० तारिखबाट ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् । यसैबीच, ट्रम्पले आफू राष्ट्रपति भएपछि गैरकानुनी रुपमा बसेका २० देखि ३० लाख आप्रवासीहरुलाई अमेरिकाबाट निकाला गर्ने भन्ने आफ्नो यसअघिको भनाईलाई पुनः दोहोर्याएका छन् । ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने आफ्नो अर्को बाचाप्रति कायमै रहेको पनि बताएका छन् । –बीबीसी

तपाईको प्रतिक्रिया