Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

tharka-bahadur2

टोकियो – मानसिक असन्तुलनको कारण विगत एक बर्षदेखि फलामको साङ्लोमा बाँधिन बाँध्य थर्कबहादुर लिम्बुको उपचारको निम्ति युकेबाट ४६ हजार ५ सय २० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
तेलिया ७ खाम्नेरा, धनकुटाका लिम्बुलाई उपचारको लागि धरान ल्याइएको बखत उहाँलाई समाजसेवी कमल तिगेला खेवाहाँङको हातबाट विजयपुर एफएमका हाईकिङ समुहको उपस्थितिमा हस्तान्तरण गरिएको हो । लिम्बुको अवस्थाबारे पत्रकार भैरब आङ्ला र सन्तोष काफ्लेको भिडियो समाचार रिपोर्ट हेरेलगतै युकेमा विश्वास दीप तिगेला र साथिहरुले सोसियल मिडिया मार्फत सहयोग संकलन अभियान संचालन गर्नु भएको थियो । सहयोग अभियान हङकङ साथै कोरियामा पनि चलाइएको थियो । हङकङ र कोरियाबाट प्राप्त सहयोग रकमले पहिलो चरणको उपचार पुरा भएको थियो ।
लिम्बुलाई गत २ अगष्ट २०१६ का दिन वि पी कोइराला मेमोरियल अस्पताल धरानमा भर्ना गरिएको थियो । लिम्बुको स्वास्थ्यमा उल्लेख्य सुधार हुदै आएको छ ।

सहयोगदाताहरुः
१. विश्वास दीप तिगेला, आसफोर्ड ३० पाउण्ड
२. भोज कुमारी थोक्लेन, आसफोर्ड १० पाउण्ड
३. जीवन प्रकाश राई, आसफोर्ड २० पाउण्ड प्राप्त हुनेक्रममा
४. राम कुमार थेवे, अक्सफोर्ड २० पाउण्ड
५. अक्कलमान गुरूंग, मेडस्टोन १११ पाउण्ड
६. एम राई, मेडस्टोन ११ पाउण्ड
७. केशर एभेंग लिम्बु, मेडस्टोन, १० पाउण्ड
८. माधव रेग्मी, मेडस्टोन १० पाउण्ड
९. भिम थलंग, ताप्लेजुंग १५ पाउण्ड
१०. जस कन्दङ्वा, वेल्स १० पाउण्ड
११. दुर्गा घले डि बि घले, क्याम्बर्ली ३५ पाउण्ड
१२. खडग चोङवाङ, ब्रेकन १० पाउण्ड
१३. रि मेजर चित्रराज चोङवाङ, २५ पाउण्ड
१४. मन बहादुर माबोहाङ, आसफोर्ड ११ पाउण्ड

तपाईको प्रतिक्रिया