Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

अष्ट्रेलिया – प्रत्येक दुइ बर्षमा अस्ट्रेलियाका भिन्न शहरहरुमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल अन्तर्गत यस पटकको नेपाल फेस्टिभलको पहिलो शृंखला १२ नोभेम्बरका दिन ब्रिस्बनबाट सुरु भइ हजारौको उपस्थित बिच सफलताका साथ सम्पन्न भएको छ ।

फेस्टिभललाई प्रचार प्रसार गर्ने र नेपाली पर्यटनको प्रर्बदन गर्ने उदेश्यले फेस्टिभलको एक दिन अगावै परेडबाट सुरु भएर फेस्टिभलको दिन बिहान नेपालको पर्यटन सम्बन्धि कार्यशाला पश्चात नेपाल फेस्टिभल ब्रिस्बनको औपचारिक कार्यक्रम सुरु भएको थियो ।
प्रमुख अथिति हनरेबल संसद ग्रेस ग्रेस (प्रतिनिधि Minister Of Employment and Industrial Relations and Multicultural Affairs ) र एनआरएनएका कन्द्रिय अध्यक्ष शेष घलेले पानशमा बत्ति बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान संगै उपस्थित सबैलाई एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबम नेपाल फेस्टिभल ब्रिस्बनका संयोजक अभिमान सिंह बस्नेतले स्वागत अभिनन्दन गर्नु भएको थियो ।

आफ्नो स्वागत मन्तब्यमा बस्नेतले नेपाल सबै दृष्टिकोणले पर्यटकको लागि एकदमै सुरक्षित स्थल भई सकेकोले सबै बिदेशी साथी भाईहरुलाई नेपाल घुम्न जान आग्रह गर्नु भयो । उद्घाटन सत्रमा उपस्थितहरुलाई स्वागत गर्ने सिलसिला अन्तर्गत नै नेपाली कला संस्कृति झल्कने लाखे नाच, झांक्री नाच बिभिन्न भेष भुषा झल्कने झाँकी र परेडहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सुरु मै प्रमुख अथिति सांसद ग्रेसले ब्रिसबेनमा सम्पन्न हुदै गरेको यस तेश्रो नेपाल मोहोत्सबले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपालीहरुको सुखद उपस्थितिको संदेश दिदै आएको बताउनु भयो ।

कला र संस्कृतिमा धनि नेपालीहरु लाई नजिकबाट चिन्न र जान्न यो फेस्टिभल निक्कै फलदायी भएको उँहाले बताउनु भयो ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका कन्द्रिय अध्यक्ष शेष घलेले उदाहरणीय यस फेस्टिभलको आयोजना गर्ने बिबिध किसिमबाट सहयोग गर्ने सबैलाई धन्यबाद दिदै एनआरएनए अस्ट्रेलिया र कुइन्स्लनड स्टेट कमिटिले नेपाली दुताबास र नेपाली समुदायका संघ–संस्थाहरु सँगको सहकार्यमा यति भब्य र ब्यबस्थित कार्यक्रम गर्न सफल भएकोमा बधाई दिनु भएको थियो ।

अस्ट्रेलियाको बहुसंकृतिक समुदायमा प्रत्यके २ बर्षमा आयोजना हुदै आएको यस फेस्टिभल आफैमा बहुसांस्कृतिक अस्ट्रेलियाको लागि समेत गर्ब गर्न लाएक बिषय भएका कारण यस्ता खालका महोत्सबहरुमा नेपालबाट नेपाल सरकार, पर्यटन बोर्ड र यहाँको राज्य सरकार, बहुसांस्कृतिक क्षेत्र हेर्ने निकायले सहयोग गर्न सके कार्यक्रम झन् सफल हुने र आयोजकलाई सहज हुने बताउनु भयो ।

नेपाली दुताबासको तर्फबाट डिल्ली राम शर्माले एनआरएनए सँग सम्भब हुने सबै क्षेत्रमा नेपाली दुताबास सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा अस्ट्रेलियाकी सबै भन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने अलयस्सा अजरलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया