काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा डिप्रोटिभोमाथि ४–० को शानदार जित निकालेको छ । चोट निको भएर मैदान फर्किएका लियोनल मेस्सीले बार्सिलोनाको जितमा एक गोल गरे । 
६५ औँ मिनेटमा सानाब्रिया रुइस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको डिप्रोटिभोलाई हराउन मेस्सी र लुइस स्वारेजले एक एक तथा राफिन्हाले दुई गोल गरे । सेप्टेम्बर २१ एथ्लेटिको मड्रिडसँगको खेलको क्रममा चोटग्रस्त भएपछि पहिलो पटक मैदान फर्किएका मेस्सीले ५८ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले ४–० को जित दर्ता र्गयो ।
जितपछि ८ खेलबाट १६ अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ । उ शीर्ष दुई स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिड भन्दा दुई अंकले पछि छ । ८ खेलबाट ८ अंक जोडेको डिप्रोटिभो १४ औँ स्थानमा छ ।








