Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

पोखरा –  आगामी कााित्तक ४ देखि पोखरा रङ्गशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ ।

कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना तथा पाथिभरा ओभरसिज प्रालि .काठमाडौँको मुख्य प्रायोजनमा हुने सो प्रतियोगितामा अधिराज्यका १२ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिनुभयो ।

सो अवसरमा मुख्य प्रायोजक पाथिभरा ओभरसिज प्रालिका सञ्चालक तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी हङ्शराज वाग्लेले प्रतियोगिता सञ्चालनका लागि रु दुई लाखको चेक सङ्घका अध्यक्ष सेनलाई हस्तान्तरण गर्नुभयो ।

४० वर्ष भन्दा माथिका खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा प्रथम हुने टिमले रु ४०,४४४ र द्वितीय हुने टिमले रु २५, ५५५ पाउने सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया