Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

naimar

काठमाडौं – फुटबलबाट ओलम्पिकमा अहिलेसम्म स्वर्ण हात पार्न नसकेको ब्राजिलले यस पटक ऐतिहासिक सफलता पाएको छ । कप्तान नेइमारको दुई गोलको मद्दतले ब्राजिललाई फुटबलमा पहिलो स्वर्ण प्रदान गर्यो ।
ब्राजिलको मराकाना रंगशालामा उत्रिँएको घरेलु टोलीले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लियो। दुई वर्षअघि यही मैदानमा जर्मनीले विश्वकपको सेमिफाइनलमा ब्राजिललाई लज्जास्पद रूपमा पराजित गरेको थियो। ५ पल्ट विश्वकप जितेको ब्राजिलले अहिलेसम्म कुनै ओलम्पिक स्वर्ण जितेको थिएन्। निर्धारित समयको खेल १–१ गोलको बराबरी र अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ लागेको थियो। जसमा पहिलो ४ पेनाल्टीमा दुवै तर्फका खेलाडीले गोल गरेका थिए। तर, पाँचौ पेनाल्टी हान्न आएका जर्मनीका निल्स पिटर्सनको बल ब्राजिलका गोलरक्षक वेभर्टनले उत्कृष्ट बचाउ गरे। यसपछि निर्णायक अन्तिम पेनाल्टी प्रहार गर्न आएका नेइमारले गोल गर्दै ब्राजिललाई ऐतिहासिक विजय दिलाए।

तपाईको प्रतिक्रिया