Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – खाना पकाउने ग्यास सिलिण्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ ।

यो बजारमा रहेका सिलिण्डरमध्ये करिब १० प्रतिशत हो । ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिण्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भन्नुभयो,‘मुख्य समस्या पुराना ग्यास उद्योगमा छन् ।’

२०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको आजको कान्तिपुर दैनिकमा खबर छ । तीमध्ये दुई–चार ग्यास उद्योग बाहेककाले गुणस्तरमा ध्यान नदिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया